शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आइसिएफसी महावीर क्लबले बराबरी खेलेको छ।
महावीरले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमबार सम्पन्न खेलमा खालीबारी क्लबसँग बराबरी खेलेको हो।
खेल २-२ गोलको बराबरीमा सकिएको थियो।
महावीरका लागि राम ढकाल र रोमन तामाङले गोल गरेका थिए। खेलको प्लेयर अफ दि म्याच महावीरका फुर्वा तामाङ घोषित भए।
यसअघि अघिल्लो खेलमा महावरीले जित निकालेको थियो। महारवीले पहिलो जित निकाल्ने क्रममा सानोगौचरण युथ क्लबलाई २–० गोलले पराजित गरेको थियो।
आगामी चैत २४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।
