थ्री नेसन्स कपको उपाधिका लागि आज अपरान्ह नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। खेल अपरान्ह ५:३० मा दशरथ रंगशालामा हुनेछ।
नेपालले किर्गिस्तान यु-२३ र बंगलादेश दुवै टिमसँग गोलरहित बराबरी खेल्दै फाइनल यात्रा तय गरेको हो। बंगलादेशले भने पहिलो खेलमा किर्गिस्तानमाथि १-० को जित निकालेको थियो।
नेपाल र बंगलादेश दुवै टिमले प्रतियोगितालाई विश्वकप छनोटको तयारीका रुपमा लिएका छन्।
छनोटअघि प्रतियोगिताको उपाधि जिते टिमको आत्मविश्वास बढ्ने दुवै टिमका प्रशिक्षकको भनाइ छ।
दशरथ रंगशालामा तय भएका विश्वकप छनोटका खेल पटक पटक स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कप आयोजना गरेको हो।
जसका कारण नेपालको सिनियर टिमले पाँच वर्षपछि दशरथ रंगशालामा खेल्ने अवसर पाएको हो।
थ्री नेसन्स कप फाइनल : गोल र जितको खडेरी तोडेर उपाधि जित्ने नेपालको लक्ष्य