त्रिभुवन आर्मी क्लबले मैत्रीपूर्ण खेलमा किर्गिस्तानको यु–२३ टिमसँग बराबरी खेलेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मीले गोलरहित बराबरी खेलेको हो।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएका केही राम्रा मौकालाई सदुपयोग गर्न नसक्दा बराबरी खेलेका हुन्।
आर्मीले किर्गिस्तानविरूद्ध पाएका मौकामा गोल गर्न नसक्दा बराबरीमा चित्त बुझायो।
यसरी दुबै तर्फबाट गोलका केही अवसर सिर्जना भए पनि गोल हुन नसक्दा खेल बराबरीमा सकियो।
यसअघि किर्गिस्तानी टोलीले त्रिदेशीय प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा बंगलादेशसँग १-० को पराजित भएको थियव। उसले दोस्रो खेलमा घरेलु टोली नेपालविरूद्ध गोलरहित बराबरी खेल्यो।
एएफसी कपको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले एएफसी कपको प्ले फमा श्रीलंका पुलिससँग प्रतिस्पर्धा गर्नेछ।
आगामी अप्रिल ७ मा दशरथ रंगशालमा हुनेछ। एएफसी कप-२०२१ प्ले अफको पहिलो खेलमा आर्मी र श्रीलंका पुलिस भिड्नेछन्।
यदि पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा अप्रिल १४ मा भारतको बेंगलुरू फुटबल क्लबसँग खेल्नेछ।
भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ। यस प्ले अफको विजेताले समूह चरणको समूह डीमा स्थान बनाउने छ।
समूह ‘डी’ मा भारतको मोहन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन छन्।
यस समूहका समूह चरणका खेल मे १४ बाट सुरू हुनेछ। एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल्न लागेको हो।