नेपालका चार जना राष्ट्रिय खेलाडीले खेलिरहेको पाकिस्तानको महिला राष्ट्रिय च्याम्पियनसिप रद्द भएको छ।
पाकिस्तान फुटबल फेडेरेसनले प्रतियोगिता रद्द भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।
पाकिस्तान फुटबलको आन्तरिक विवादका कारण प्रतियोगिता रद्द भएको हो। यसअघि फिफाले पाकिस्तान फुटबललाई निलम्बन गरेको थियो।
निलम्बनपछि फिफाले नर्मलाइजेसन कमिटी गठन गरेको थियो। सोही किमिटीले निर्वाचन गराउनु सट्टा प्रतियोगिता गराएपछि विवाद चर्चिएको थियो। शनिबार अर्को समितिले फेडेरेसनको कार्यलय कब्जा गरेका थिए।
पाकिस्तानको महिला च्यम्पियनसिपमा नेपालका गोलकिपर एन्जिला तुम्बापो सुब्बा, डिफेन्डर गिता राना, मिडफिल्डर सरु लिम्बु र फरवार्ड अनिता केसी मासा युनाइटेड एफसीमा आबद्ध थिए।
समूह 'बी' को शीर्ष स्थानमा रहेको मासाले चार खेलमा तीन जित र एक बराबरी खेलेको थियो। नेपाली खेलाडीले गोलको बर्षा नै गरेका थिए। जसका कारण मासाले चार खेलमा ६० गोल गर्दा २ गोल खाएको थियो।
