नेपालका चार महिला फुटबलर आबद्ध मासा युनाइटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा गोलको वर्षा गरेको छ।
मासाले मंगलबार भएको खेलमा कराँची महिला फुटबल क्लबलाई ३५-० गोलले पराजित गरेको हो।
मासाको जितमा नेपाली फरवार्ड अनिता केसी एक्लैले १६ गोल गरिन्।
यस्तै मिडफिल्डर सरु लिम्बुले १० गोल गरिन्। सरुले यसअघि सियालकोट सिटी महिला फुटबल क्लबविरुद्ध पनि १० गोल गरेकी थिइन्।
डिफेन्डर गीता रानाले २ गोल गर्दा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले पनि २ गोल गर्न सफल भइन्।
एन्जिला मासाको कप्तानको भूमीकामा छिन्।
प्रतियोगितामा २० टिमबीच प्रतिस्पर्धा भइरहेको छ। २० टिमलाई चार समूहमा विभाजन गरिएको छ। नेपाली खेलाडी आबद्ध मासा समूह बीमा छ।