ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबको अध्यक्षमा मुखिया गुरुङ चयन भएका छन्।
मनाङको साधारणसभाले गुरुङको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन गरेको हो।
वरिष्ठ उपाध्यक्षमा सुशील गुरुङ निर्वाचित हुँदा विजय घले, छिरिङ टासी घले, राजु गुरुङ, कमल गुरुङ र सोनाम गुरुङ उपाध्यक्ष बनेका छन्।
यस्तै तेन्जिङ गुरुङ महासचिव र कर्मा टासी गुरुङ सचिव चयन भएका छन्।
कर्मा गुरुङ कोषाध्यक्ष निर्वाचित हुँदा सदस्यहरूमा रामबहादुर गुरुङ, मुखिया गुरुङ, कर्मा गुरुङ र सोनाम घलेले जिम्मेवारी पाएका छन्।