'इटालियन सिरि ए' को साविक विजेता युभेन्ट्स पराजित भएको छ।
आइतबार भएको लिगको खेलमा युभेन्ट्सलाई बेनेभेन्तोले पराजित गरेको हो।
बेनेभेन्तोले युभेन्ट्सलाई उसैको मैदानमा हराउने क्रममा १-० गोलको जित निकाल्यो।
बेनेभेन्तोको जितमा एडोल्फो गाइचले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ६९ मिनेटमा गोल गरेका थिए।
हारसँगै लगातार दशौं सिजन लिगको उपाधि जित्ने युभेन्ट्सको लक्ष्यमा धक्का लागेको छ।
खेलमा युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गर्न गरेका प्रयास सफल हुन सकेनन्।
पहिलो हाफमा युभेन्ट्सले पेनाल्टी अपील गरेको थियो। भिएआर रिभ्यू हेरे पनि पेनाल्टी दिइएन।
यता युभेन्ट्सलाई पराजित गरेसँगै ११ खेलसम्म जित निकाल्न नसकेको बेनेभेन्तोलाई राहत मिलेको छ।
अंक तालिकाको तेस्रो स्थानमा रहेको युभेन्ट्स शीर्ष टिम इन्टर मिलानभन्दा १० अंकले पछि छ। शीर्ष स्थानको इन्टरको २७ खेलबाट ६५ अंक छ। दोस्रो स्थानको एसी मिलानको ५६ अंक छ भने युभेन्ट्सको ५५ अंक छ।