चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार भएको खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।
खेलको २९ मिनेटमा सेफिल्डका नोरुउडले आफ्नै पोस्टमा गोल गरेपछि चेल्सीले अग्रता लिन सफल भएको थियो।
आत्मघाती गोलबाट अग्रता लिएको चेल्सीले दोस्रो गोल गर्न दोस्रो हाफको इन्जुरी टाइमसम्म कुर्नुपर्यो।
चेल्सीका लागि दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा जियेचले दोस्रो गोल गरेका थिए।
यसअघि म्यानचेस्टर सिटीले पनि अन्तिम चारमा स्थान पक्का गरेको थियो।