सेभियाका गोलकिपर बोनोले अन्तिम समयमा गोल गरेर आफ्नो टिमलाई हारबाट जोगाएका छन्।
स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बोनाले रियल भालडोलिडविरुद्धको खेलमा अन्तिम समयमा गोल गरेका हुन्।
सेभिया १-० गोलले पछि परेको अवस्थामा बोनोले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा बराबरी गोल फर्काएका थिए।
२९ वर्षीय मोरोक्काका अन्तर्राष्ट्रिय खेलाडी बोना अन्तिम सयममा सेभियाले कर्नर पाएपछि विपक्षीको डिबक्समा आएका थिए। जसमा उनले इन नेस्रीको क्रसमा सिक्स यार्ड बक्सबाट गोल गरेका थिए।
बराबरी गोल गरेपछि जर्सी फुकालेर खुसी मनाएका उनले पहेँलो कार्ड पाए।
क्यानडामा जन्मिएका बोनो सेभियाका लागि सन् २००७ पछि गोल गर्ने पहिलो गोलकिपर बने।
यो सिजनमा ला लिगामा गोलकिपरले दोस्रो पटक गोल गरेका हुन्। यसअघि गत जनावरीमा एइबारका गोलकिपर मार्को दिमिट्रोभिकले एट्लेटिको म्याड्रिडविरुद्धको खेलमा गोल गरेका थिए।
ला लिगामा सन् १९८७ पछि एकै वर्ष दुई गोलकिपरले गोल गरेको यो पहिलो पटक हो।