म्यानचेस्टर सिटी लगातार तेस्रो सिजन एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
सिटीले शनिबार राति भएको खेलमा एभर्टनलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।
सिटीको जितमा केभिन डि ब्रुयन र इल्केए गुन्डोगानले एक-एक गोल गरे।
गुन्डोगानले खेलको ८४ मिनेटमा गोल गरेर सिटीलाई अग्रता दिलाए।
९० मिनेटमा ब्रुयलले सिटीको अग्रता दोब्बर पारे। उनले रोद्रीको पासमा गोल गरेका थिए।
कपको अर्को खेलमा साउथह्याम्टनले वर्नमाउथलाई ३-० गोलले पराजित गरेको छ।