आगामी वैशाखमा हुने नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताको अक्सनका लागि १५८ फुटबलरको नाम सार्वजनिक गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अक्सनका लागि ए, बी र सी गरी तीन श्रेणीका खेलाडीको नाम बिहीबार सार्वजनिक गरेको हो।
अक्सनका लागि ए श्रेणीमा ३५ जना खेलाडी परेका छन्। यस्तै बी श्रेणीमा ६५ जना र सी श्रेणीमा ५८ खेलाडी रहेका छन्।
एन्फाले अक्सनका लागि खेलाडीको नाम सार्वजनिक गरे पनि खेलाडीको न्यूनतम पारिश्रमिक सार्वजनिक भने गरेको छैन।
एनएसएलको अक्सन शुक्रबार विहान ११ बजेदेखि सोल्टी होटलमा हुनेछ। अक्सनबाट सहभागी सात टिमले आफ्नो टिममा खेलाडी आबद्ध गर्न सक्नेछन्।
एक टिममा बढीमा २० जना खेलाडी हुनेछन्। जसमा तीन जना विदेशी, एक मार्की र दुई स्थानीय खेलाडी हुनेछन्। बाँकी खेलाडी अक्सनबाट छनोट हुनेछन्।
एनएसएलमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन्।
आगामी वैशाख ११ देखि २५ गतेसम्म हुने प्रतियोगिताका खेल दशरथ रंगशालामा हुनेछन्। प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा संचालन हुनेछ।
हेर्नुहोस् अक्सनका लागि खेलाडीको सूची :



