जर्मन तथा युरोपियन च्याम्पियन वार्यन म्युनिख युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
वार्यनले अन्तिम १६ को खेलमा इटालियन क्लब लाजियोमाथि समग्रमा ६-२ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।
पहिलो लेगमा ४-१ ले विजयी भएको वार्यनले बुधबार राति भए दोस्रो लेगमा २-१ को जित निकाल्यो।
बुधबार घरेलु मैदानमा भएको खेलमा वार्यनका लागि रोबर्ट लेवान्डोस्कीले खेलको ३३ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे।
७३ मिनेटमा वार्यनका लागि मोटिङले दोस्रो गोल गरे। उनलाई गोल गर्न अलाबाले पास दिएका थिए।
लाजियोका पारोलोले ८२ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।