इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
सिटीले अन्तिम १६ को खेलमा जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखलाई समग्रमा ४-० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।
पहिलो लेगमा २-० ले विजयी भएको सिटीले मंगलबार राति भएको दोस्रो लेगमा पनि २-० गोल नै बोरुसिया मुन्छेनग्लाडबाखलाई पराजित गर्यो।
घरेलु मैदानमा भएको दोस्रो लेगमा सिटीका लागि केभिन डि ब्रुयन र इल्केए गुन्डोगानले एक-एक गोल गरे।
ब्रुयनले खेलको १२ मिनेटमा पहिलो गोल गरेका थिए। उनले रियाद महारेजको पासमा गोल गरे।
गुन्डोगानले १८ मिनेटमा सिटीको अग्रता दोब्बर पारे। उनलाई गोल गर्न फोडेनले पास उपलब्ध गराएका थिए।