अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कप २०२१ को खेल तालिका सार्वजनिक गरेको छ।
नेपाल, बंगलादेश र किर्गिस्तानको यु२३ टिमबीच हुने कपको पहिलो खेल आगामी चैत १० गते हुनेछ।
पहिलो खेलमा किर्गिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।
चैत १२ गते दोस्रो खेलमा नेपाल र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ। यस्तै चैत १४ गते नेपाल र बंगलादेश भिड्नेछन्।
तीन टिम एकआपसमा प्रतिस्पर्धा गरेपछि अंक तालिकाको शीर्ष टिम र दोस्रो टिमबीच चैत १६ गते फाइनल हुनेछ।
दशरथ रंगशालामा हुने सबै खेल साँझ ५:३० मा सुरु हुनेछ।
दशरथ रंगशालामा तय भएको नेपाल र अस्ट्रेलियाबीचको विश्वकप छनोटको खेल कोरोनाका कारण स्थगित भएपछि एन्फाले थ्री नेसन्स कप आयोजना गरेको हो।
कपका लागि हाल बन्द प्रशिक्षणमा रहेका ३१ खेलाडी मध्येबाट नेपालको राष्ट्रिय टिम घोषणा गरिनेछ।
खेल तालिका
