इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुलले सोमबार राति भएको खेलमा जित हात पारेको छ।
लिभरपुलले वुल्भ्सलाई १-० गोलले पराजित गरेको हो। लिभरपुलको जितमा डिओगो जोटाले गरेको गोल निर्णायक बन्यो।
उनले खेलको पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गरेका थिए। उनलाई गोल गर्न साडियो मानेले पास उपलब्ध गराएका थिए।
जोटा गत सेप्टेम्बरमा वुल्भ्सबाट लिभरपुलमा आबद्ध भएका थिए।
जितसँगै लिभरपुल अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ। लिभरपुलको २९ खेलबाट ४६ अंक छ।
लिभरपुल र शीर्ष स्थानको म्यानचेस्टर सिटीबीच २५ अंकको दूरी छ। म्यानचेस्टर सिटीको ३० खेलबाट ७१ अंक छ।