'इटालियन सिरि ए' मा इन्टर मिलानले शीर्ष स्थानमा ६ अंकको अग्रता लिएको छ।
सोमबार राति भएको खेलमा एटलान्टालाई १-० गोलले पराजित गर्दै इन्टरले शीर्ष स्थानमा अग्रता बढाएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४ मिनेटमा इन्टरले अग्रता लियो। इन्टरका लागि मिलान इक्रिनियरले गोल गरे। उनलाई गोल गर्न बास्तोनीले पास दिए।
खेलको अन्त्यतिर इन्टरले रक्षात्मक खेल खेलको थियो। इन्टरले पछिल्ला सात खेलमा लगातार जित हात पारेको छ।
इन्टर सन् २०१० पछि पहिलो पटक लिग जित्ने अभियानमा छ।
अंक तालिकामा शीर्ष स्थानको इन्टर मिलानले २६ खेलबाट ६२ अंक जोडेको छ। दोस्रो स्थानको एसी मिलानको ५६ अंक छ। २५ खेलबाट ५२ अंक जोडेको युभेन्ट्स तेस्रो स्थानमा छ।