एटालियन क्लब एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले पूर्व क्लब म्यानचेस्टर युनाइटेडविरुद्धको खेल गुमाउने भएका छन्।
युरोपा लिगअन्तर्गत इटालियन क्लब एसी मिलान र इंग्लिस क्लब युनाइटेडबीच अन्तिम १६ मा प्रतिस्पर्धा गर्ने तय छ।
युरोपा लिगको पहिलो लेग मार्च ११ र दोस्रो लेग मार्च १८ मा हुने तय छ।
इब्राहिमोभिच आइतबार राति रोमाविरुद्धको खेलमा घाइते भएका थिए।
तिघ्रामा चोट लागेका कारण उनी अब तीन साता मैदान बाहिर रहनेछन्।
जारी सिजनमा उनले २१ खेलमा १६ गोल गरिसकेका छन्।
इब्राहिमोभिच इंग्लिस क्लब युनाइटेडका पूर्व खेलाडी हुन्। उनले युनाइटेडका लागि ५३ खेलमा २९ गोल गरेका थिए।