युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस लिग लिडर म्यानचेस्टर सिटी विजयी भएको छ।
बुधबार भएको खेलमा सिटीले २-० को जित हात पारेको हो। सिटीको जितमा बेर्नान्डो सिल्भा र गाब्रियल जेससले १-१ गोल गरे।
सिल्भाले खेलको २९ मिनेटमा पहिलो गोल गरे। उनलाई गोल गर्न कान्सेलोले पास उपलब्ध गराए।
खेलको ६५ मिनेटमा जेससले सिटीको अग्रता दोब्बर पारे। उनले सिल्भाले उपलब्ध गराएको पासमा गोल गरेका थिए।