नेपाली मिडफिल्डर प्रकाश बुढाथोकीले भारतको पहिलो डिभिजनको फुटबल लिग आइ-लिगमा डेब्यू गरेका छन्।
गत महिना भारतको मणिपुरस्थित नेरोका एफसीमा आबद्ध भएका प्रकाशले बुधबार आइ-लिगमा डेब्यू गरेका हुन्।
उनले बुधबार भएको चर्चिल ब्रदर्श गोवाविरुद्धको खेलमा नेरोकाबाट पहिलो रोजाइमै खेल्ने अवसर पाएका थिए।
पहिलो हाफ पूरा खेलेका प्रशासको स्थानमा नेरोकाले ५२ मिनेटमा अकबर खानलाई मैदान छिराएको थियो।
प्रकाशले डेब्यू गरेको खेलमा नेरोका भने १-० गोलले पराजित भएको छ। आइलिगमा नेरोका दशौं स्थानमा छ।
नेरोकाको टिममा प्रकाश बुढाथोकी (५० नम्बरको जर्सीमा))
प्रकाशसँगै लिगमा नेपालका गोलकिपर किरणकुमार लिम्बू र फरवार्ड अभिषेक रिजाल पनि आबद्ध छन्। किरणले पञ्जावबाट खेलिरहेका छन्। पञ्जावले किरणलाई कप्तानको भूमीका दिएको छ।
अभिषेक आइजोलमा आबद्ध छन्। उनले अझै डेब्यू गर्न बाँकी छ।