युरोपियन च्याम्पियन्स लिगमा साविक विजेता जर्मन क्लब वार्यन म्युनिखले अन्तिम १६ को पहिलो लेगमा सहज जित हात पारेको छ।
वार्यनले मंगलबार राति भएको खेलमा इटालियन क्लब लाजियोलाई ४-१ गोलले पराजित गर्यो।
लाजियोको मैदानमा भएको खेलमा वार्यनले पहिलो हाफमै तीन गोल गरेको थियो।
नवौं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेर वार्यनलाई सुरुवाती अग्रता दिलाए।
२४ मिनेटमा मुसिएलालाले अग्रता दोब्बर पारे। १७ वर्षीय मुसिएला च्याम्पियन्स लिगमा गोल गर्ने कान्छा इंग्लिस तथा वार्यनका खेलाडी बने।
४२ मिनेटमा लिरोए सानेले वार्यनका लागि तेस्रो गोल गरे।
४७ मिनेटमा लाजियोका अर्सेबीले आफ्नै पोस्टमा गोल गर्दा वार्यनको अग्रता ४-० मा पुग्यो।
लाजियोका कोरिआले ४९ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।