इंग्लिस प्रिमियर लिगमा म्याचेस्टर सिटीले अंक तालिकामा १० अंकको अग्रता लिएको छ।
बुधबार राति भएको खेलमा एभर्टनलाई ३-१ गोलले पराजित गर्दै सिटीले अंक तालिकामा पकड जमाएको हो।
सिटीले ३२ मिनेटमा फोडेनको गोलबाट अग्रता लिएको थियो। तर ३७ मिनेटमा एभर्टनका रिचार्डलीसनले बराबरी गोल फर्काए।
खेलको ६३ मिनेटमा महारेजको गोलबाट सिटीले दोस्रो पटक खेलमा अग्रता लियो।
महारेजले बेर्नान्डो सिल्भाले उपलब्ध गराएको पासमा गोल गरेका थिए।
७७ मिनेटमा उनै सिल्भाले सिटीका लागि तेस्रो गोल गरे।
जितसँगै शीर्ष स्थानको सिटीको २४ खेलबाट ५६ अंक भएको छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४६ अंक छ।
४६ अंक नै जोडेको लेस्टर सिटी तेस्रो स्थानमा भने चौथो स्थानको चेल्सीको ४२ अंक रहेको छ।