युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब सेभियालाई जर्मन क्लब बोरुसिया डर्टमुन्डले पराजित गरेको छ।
सेभियाको मैदानमा भएको खेलमा डर्टमुन्डले ३-२ को रोमाञ्चक जित हात पारेको हो।
खेलको सातौं मिनेटमा फर्नान्डेज सइजको गोलबाट सेभियाले खेलमा अग्रता लिएको थियो। खेलको १९ मिनेटमा डर्टमुन्डका मोहमद दाहुदले बराबरी गोल फर्काए।
२७ मिनेटमा डर्टमुन्डका लागि हाल्यान्डले गोल गर्दै डर्टमुन्डलाई २-१ को अग्रता दिलाए।
४३ मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दा डर्टमुन्ड पहिलो हाफमा ३-१ ले अघि रह्यो।
सेभियाका लागि ८४ मिनेटमा डे जोङले दोस्रो गोल गरेका थिए।