थ्रि स्टार धरानमा जारी २० औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
यो सँगै थ्री स्टारले लगातार दोस्रो साता नेपाल पुलिस क्लबसँग फाइनल खेल्ने भएको हो। बिहिबार धरान मैदानमा भएको अन्तिम सेमिफाइनलमा भारतको थ्री स्टारले कोलकाताको दुर्गापुर स्टिल एफसीलाई १-० ले हराउँदै उपाधिका लागि पुलिससँगको भेट पक्का गरेको हो।
शनिबार हुने फाइनलका लागि पुलिसले भने आफ्नो स्थान सुरक्षित गरिसकेको छ। सिएमजी क्लब संकटालाई बुधबार २–१ ले हराउँदै पुलिस लगातार दोस्रो साता नकआउट फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको हो।
इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै ललितपुरे क्लब लगातार दुई साताको बिचमा फाइनल पुगेको हो। पुलिस र थ्री स्टारले गत शनिबार पोखरामा १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलेका थिए। जहाँ पुलिस १–० ले विजयी भएको थियो।
त्यहाँबाट दुवै टोली धरान यात्रामा निस्केका थिए। डेढ वर्षपछि घरेलु फुटबलमा पुनरागमन गरेयता थ्री स्टारको यो चौंथो प्रतियोगिताका हो।
पहिलो प्रतियोगिताका रुपमा रहेको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपको क्वार्टरफाइनल खेलेको थ्री स्टार अर्को साता मदन स्मृति इटहरी गोल्ड कपको च्याम्पियन बनेको थिए।
त्यसको एक सातामा टोलीले आहा गोल्ड कपको फाइनल पुगेको थियो। आज भारतीय क्लबलाई हराउँदै थ्री स्टार लगातार तेस्रो साता तेस्रो नकआउट फुटबल प्रतियोगिताको फाइनल पुगेको हो।