शसस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै थ्रीस्टार क्लब १६ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
चार पटकको विजेता थ्रीस्टारले एपीएफलाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। अब थ्री स्टारले फाइनल प्रवेशका लागि विदेशी टोली उत्तर बरिन्धरा क्लब बंगलादेशको सामना गर्नेछ।
आहाको संस्करणमा थ्रीस्टार तीन पटकको विजेता हो। पाँचौ, नवौ, ११ औं र १३ औं आहा-रारा गोल्डकपको विजेता थ्रीस्टारले पुनरागमनपछि पोखराको मैदानमा पहिलो पटकमै विजयी सुरुवात गर्यो।
निधारीत ९० मिनेट र थपिएको २० मिनेटको समयमा दुबै पक्षबाट कुनै पनि गोल नभए पछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको हो।
एपिएफका राजेन्द्र रावलको प्रहारलाई थ्रीस्टारका एलेन न्यौपानेले बचाएका थिए।
एलेन न्यौपाने नै खेलको म्यान अफदी म्याचसमेत भए।
थ्रीस्टारका लागि रञ्जीत धिमाल, विक्रम लामा, निराजन खड्का, सुनिल बल र विजय धिमालले गोल गरे। एपिएफका लागि नविन लामा, अन्जन विष्ट र रञ्जन विष्टले गोल गरे।
मंगलबारको खेल नेपाल पुलिस क्लब र मनाङ मस्याङदी क्लबबीच हुनेछ।