नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेता वामदेव गौतमलाई जबाफ दिएका छन्।
पार्टी एकता घोषणा कार्यक्रममा वामदेव गौतमले विभिन्न प्रश्नहरू गरेपछि कार्यक्रमलाई अन्तिममा सम्बोधन गरेका प्रचण्डले जबाफ दिएका हुन्।
उनले वामदेवको शैलीलाई विचारउत्तेजक भने।
'उहाँले अलि विचारउत्तेजक ढंगले विषय राख्नुभयो,' प्रचण्डले भने।
वामदेवले भनेको समाजवाद के हो भन्ने विषयमा एमालेसँग एकताको क्षण सम्झन आग्रह गरे।
'एमालेसँग एकता गर्दाको क्षण सम्झनुस्। के को लागि गरेका थियौं,' उनले भने।
वामदेवले भनेको समाजवादबारे बुझ्नका लागि उनले लेखेको पुस्तक अध्ययन गरिरहेको पनि प्रचण्डले भने।
उनले एकतापछि बन्ने पार्टीले के गर्छ भनेर दुई नेतालाई मात्रै प्रश्न नगर्न पनि आग्रह गरे।
'के गर्छौं भनेर हामीलाई मात्रै होइन । तपाईं पनि नेता हो। तपाईं के गर्नुहुन्छ?,' प्रचण्डले भने।
गौतमले पार्टीको खर्च जोहो गर्न कार्यकर्तालाई उत्पादनमा सहभागी गराउनुपर्ने पनि बताएका थिए।
त्यसका लागि नेतृत्व तयार हुने कि नहुने भनेर गौतमले प्रश्न पनि गरेका थिए।
'उत्पादनको जिम्मा उहाँलाई नै दिनुपर्छ कि भनेर सोँचेको छु,' जबाफमा प्रचण्डले भने।
प्रचण्डले समाजवादबारे वामदेवले लेखेको किताब अनुसार वातावरण बनाउन आफू तयार रहेको पनि बताए।
यो पनिः प्रचण्ड र माधवलाई वामदेवको प्रश्नै प्रश्न, भने- त्यसो भए मात्रै तपाईंहरूलाई काँधमा बोकेर हिँड्छु