श्रीलंकाविरुद्ध टेस्ट शृंखलामा वाइटवास गरेपछि भारतले ५ एकदिवसीय शृंखलाका लागि टोलीको छनोट गरेको छ। जसमा युवराज सिंह भारतको एकदिवसीय टिमबाट बाहिरिएका छन्। उनको स्थानमा कर्नाटकका मनिष पाण्डेले टिममा समावेश हुने मौका पाएका छन्।
एकदिवसीय शृंखलाका लागि रवीचन्द्रन अश्विन र रवीन्द्र जडेजालाई विश्राम दिइएको छ। शार्दुल ठाकुर टिममा समावेश भएका छन्।
युवराज सिंह, मोहम्मद समी, अश्विन, जडेजा र उमेश यादवलाई एकदिवसीय मात्र होइन, टि–२० मा पनि टिमबाट बाहिर राखिएको छ।
एकदिवसीय टिममा समावेश खेलाडीमा मनिष पाण्डे र शार्दुलसँगै युजवेन्द्र चहल, अक्षर पटेल र केएल राहुल छन्। खेल २० अगस्टदेखि सुरु हुँदैछ।