आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत एसिया एन्ड इएपी छनोटको अन्तिम खेलमा नेपालले सामोआविरूद्ध खेल्दैछ।
ओमान क्रिकेट एकेडेमीमा सामोआले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
खेलका लागि अघिल्ला खेलहरूमा मौका नपाएका खेलाडीलाई स्थान दिइएको छ। यसअघि एक खेल पनि खेलेका आरिफ शेखसँग आज करण केसी खेल्दैछन्। यस्तै ललित राजवंशी टोलीमा फर्किदा लोकेश बमले दोस्रो खेलमा मौका पाएका छन्।
सोमपाल कामी, कुशल मल्ल, सन्दीप जोरा र आदिल अन्सारी आजको टोली छैनन्।
नेपाली टोली : आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, लोकेश बम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी।
अन्तिम खेलअघि शीर्ष स्थानको नेपालको ८ अंक न छ। दोस्रो स्थानको घरेलु टोली ओमानको नप ८ अंक नै छ। रनरेटमा नेपाल अघि छ। नेपालको रनरेट ०.७४५ छ भने ओमानको रनरेट ०.४५६ छ।
आज ओमान विजयी भएसँगै ६ अंक जोडेको युएई भने तेस्रो स्थानमा झरेको छ। नेपाल, ओमान र युएई शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा पुगिसकेका छन्।
अब छनोटमा नेपाल र सामोआबीच अन्तिम खेल बाँकी छ। यो खेलबाट च्याम्पियन टोलीको टुंगो लागेको छ। जित निकालेको अवस्थामा नेपाल च्याम्पियन हुनेछ।
नेपाल झिनो अन्तरले पराजित भएको अवस्थामा पनि च्याम्पियन हुने अवस्था छ। किनभने रनरेटमा नेपालअघि अहिलेको रनरेटमा धेरै फरक नपरेमा पराजित भए पनि नेपाल च्याम्पियन बन्नेछ।
यद्यपी जारी सुपर-६ मा सामोआले कुनै पनि खेलमा जित निकालेको छैन। नेपाल अपराजित रहेकाको बलियो अवस्था छ।