नेपाल प्रिमियर लिग (एनपिएल) टोली कर्णाली याक्स स्पोर्ट्स प्रालि र नेबिको लिमिटेडबीच सह प्रायोजनका लागि सम्झौता भएको छ।
बिहीबार याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका अशोक पोखरेल सम्झौता पत्रमा हस्ताक्षर गरे।
सम्झौता कार्यक्रमा नेबिकोका सिइओ होम न्यौपाने र मार्केटिङ हेड अरुन पौडेल तथा कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत उपस्थित थिए।
कर्णालीका निर्देशक घिमिरेले देशको विषम परिस्थितिमा क्रिकेटले नेपालीलाई जोड्ने काम गरिरहेको बताउँदै एनपिएल हुन लागेकोमा खुसी व्यक्त गरे।
नेबिकोका सिइओ न्यौपानेले नेपाली क्रिकेटको भविष्य उज्वल रहेको र कर्णालीमार्फत एनपीएलसँग जोडिन पाउँदा हर्षित भएको बताए ।
सम्झौता एनपिएलको दोस्रो संस्करणको लागि भएको हो।
नेबिकोले सन् १९६४ देखि नेपाली बजारमा बिस्कुट, कुकिजजस्ता खाद्यन्न उत्पादन गरिरहेको छ। नेबिको गुल्कोज, कोकोनट बिस्कुट लगातयका उत्पादन चर्चित छन् ।
एनपिएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ सम्म हुँदैछ।