आइसिसी यू-१९ विश्वकपमा सहभागी नेपाली यू-१९ महिला क्रिकेट टोलीले लिएको विकेट र बनाएको रनमा युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसनले पुरस्कार दिने भएको छ।
युनाइटेड नेपालीले नेपाली टोलीले प्रहार गरेको एक विकेट बराबर एक हजार रूपैयाँ दिने भएको छ।
यस्तै प्रत्येक २५ रनको ३ हजार रूपैयाँ, अर्धशतकको ६ हजार रपैयाँ र शतकको १० हजार रूपैयाँ दिने घोषणा गरेको हो।
यो पुरस्कार नेपालले खेलेका सबै खेलका लागि भएको युनाइटेड नेपालीको भनाइ छ।
आफूहरूको सानो प्रयासले खेलाडीलाई उत्साह थप्ने अपेक्षा राखेको संस्थाका महासचिव कुशल केसीले बताए।
शनिबारदेखि मेसियामा सुरु भएको महिला यू-१९ विश्वकपमा नेपाल समूह ‘डी’ मा छ।
नेपालले पहिलो खेलमा शनिबार बंगलादेशसँग पराजय भोगेको थियो।
दोस्रो खेलमा माघ ७ मा स्कटल्यान्ड र तेस्रो खेलमा माघ ९ मा अस्ट्रेलियासँग नेपालले खल्नेछ।