दोस्रो टेस्टमा घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डलाई १५२ रनले पराजित गरेको छ।
यसअघि पहिलो टेस्टमा इंग्ल्यान्ड विजयी भएकाले सिरिज एक एकको बराबरीमा पुगेको छ। अब अर्को साता राउलपिन्डीमा हुने तेस्रो खेल निर्णायक हुने भएको छ।
दोस्रो टेस्टमा पाकिस्तानले दिएको २९७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १४४ रनमा अलआउट भयो।
इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले सर्वाधिक ३७ रन बनाए भने बलिङमा पाकिस्तानका नोमन अलीले ८ विकेट लिए। उनले १६.३ ओभरमा १ मेडन राख्दा ४६ रन दिए। साजिद खानले २ विकेट लिए।
त्यसअघि दोस्रो इनिङग्समा पाकिस्तान २२१ रन जोड्दै २९७ रनको लक्ष्य दिएको थियो।
पहिलो इनिङ्ग्समा पाकिस्तानमा ३६६ रन र इंग्ल्यान्डले २९१ रन बनाएका थिए।