आइसिसी विश्वकप लिग-२ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ।
क्यानडामा भदौ ३१ गतेदेखि हुने नेपाल, क्यानडा र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने नेपाली टोलीलाई मंगलबार बिदाइ गरिएको हो।
लिग-२ खेल्ने नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ) छन्।
नेपाल क्रिकेट संघ (क्यान)को कार्यालयमा मंगलबार कार्यक्रम गरी उनीहरूलाई बिदाइ गरिएको हो।
क्यानडामा भदौ ३१ देखि सुरू हुने सिरिज असोज १० गते एकदिवसीय सिरिज सकिनेछ। क्यानडामै असोज १२ बाट टी-२० सिरिज सुरु हुनेछ।
दुवै सिरिज नेपालले चार-चार खेल गरी कुल ८ खेल खेल्नेछ।
तस्बिरहरूः
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी