आइसिसी टी-२० विश्वकपमा नामिबियाले ओमानलाई १०९ रनमा अल आउट गरेको छ।
सोमबार बिहान जारी खेलमा पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा सबै विकेट गुमाएर १०९ रनमा समेटिएको हो।
ओमानलाई सामान्य योगफलमा समेट्न नामिबियाका रूबेन ट्रम्पलम्यानले ४ विकेट लिए।
डेविड विसाले ३, गेहार्ड इरास्मस २ र बर्नार्ड स्कोल्ट्जले १ विकेट लिए।
ओमानका खालिद कैलले ३९ बलमा १ चौका र १ छक्का प्रहार गरी ३४ रन बनाए।
जिशन मक्शुदले २० बलमा २२ रन जोड्दा आयान खानले १५ रनको योगदान गरे। अन्य ब्याटरले रन जोड्न सकेनन्।
ओपनर काश्यप प्रजापति र कप्तान अकिब इलियास शून्यमा आउट हुँदा नशीम खुशी ६, मोहम्मद नदीम ६, मेहरान खान ७ र शकील अहमद ११ र कलिमउल्लाह २ रन बनाएर आउट भए।
जवाफी ब्याटिङ गरिरहेको नामिबियाले पहिलो विकेट गुमाइसकेको छ।
पहिलो ओमरको दोस्रो बलमा ओमानका बिलाल खानले ओपन भ्यान लिगनलाई बोल्ड गरे। पहिलो ओभर सकिँदा नामिबियाले ४ रन जोडेको छ।