आइपिएल २०२३ मा रोयल च्यालेन्जर्स बेंग्लोरले राजस्थान रोयल्सलाई आइतबार ७ रनले पराजित गरेको छ। सिजनमा बेंग्लोरको यो ७ खेलमा चौथो जित हो।
बेंगलुरुमा टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले ९ विकेटको क्षतिमा १८९ रन जोड्यो।
उसका लागि ग्लेन म्याक्सवेलले ७७ रन र फाप डु प्लेसिसले ६२ रन जोडे।
बलिङमा राजस्थानका ट्रेन्ट बोल्ट र सन्दीप शर्माले २-२ विकेट लिए।
१९० रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेटको क्षतिमा १८२ रन जोड्न सक्यो। उसका लागि देवदत्त पाडिकलले ५२ रन र ययश्वी जैसवालले ४७ रन जोडे। ध्रुव जुरेलले नटआउट ३४ रन जोडेका थिए।
बलिङमा बेग्लोरका हर्षल पटेलले ३ विकेट लिए। जारी सिजनमा राजस्थानको यो तेस्रो हार हो। शीर्ष स्थानमा रहेको उसको ८ अंक छ।
बेंग्लोरको पनि ८ अंक भए पनि रनरेटमा पछि रहदा पाँचौ स्थानमा छ। लिगमा शीर्ष ६ टिमको ८-८ अंक छ।