एसिसी मेन्स क्रिकेट कप अन्तर्गत ओमानविरूद्ध खेल्दा सोमपाल कामीले करिअरको दोस्रो अर्धशतक प्रहार गरेका छन्।
कोच मोन्टी देसाईले दिएको रोललाई नै निर्वाह गर्दा आज यो उपलब्धी हासिल भएको उनले बताए।
खेलपछि पत्रकारहरूसँग बोल्दै उनले अबको आफ्नो लक्ष्य भनेको एशिया कप क्वालिफाई हुने र विश्वकप क्वालिफायरमा राम्रो खेल खेल्नु रहेको बताए।
'ओडिआई मान्यता बचाउनु हाम्रो लागि ठूलो कुरा थियो र अब हामी एशिया कप क्वालिफाई र विश्वकप क्वालिफाईको लागि राम्रो गर्ने उद्धेश्य रहेको छ,' उनले भने।
खेल खेल्ने तरिका परिवर्तन गरेसँगै आजको जित पनि सम्भव भएको उनी बताउँछन्।
'अहिले हामीले छुट्टै खालको क्रिकेट खेलिरहेका छौं। एउटा उच्चस्तरको खेल खेलिरहेका छौं। जसले गर्दा आजको जित पनि सम्भव भएको हो', उनी भन्छन्।
आजको खेलमा आफ्नो र करण केसी र कुशल मल्लको पार्टनरसीप एकदमै राम्रो भएको उनले बताए।।