एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले छैटौं विकेट लिएको छ। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले विकेट दिलाएका हुन्।
४१.१ ओभरमा ऐरीले ओमानका सन्दीप गौडलाई आउट गराएका हुन्। ५६ बलमा ४६ रन बनाएका गौड अर्धशतक हान्नबाट चुकेका छन्।
यसअघि नेपालका लागि सन्दीप लामिछानेले तीन र ललित राजवंशीले एक विकेट लिएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१० रन बनाएको छ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक १०८ रन बनाए। कीर्तिमानी शतक प्रहार गरेका कुशलले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे।