एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तगर्त ओमानविरूद्ध ब्याटिङ गरिरहेको नेपालले सातौं विकेट गुमाएको छ।
खेलको ४०.४ ओभरमा कुशल मल्ल आउट भएका हुन्।
उनले आजको खेलमा उत्कृष्ट ब्याटिङ गर्दै १०८ रनको योगदान गरे। एकदिवसीय अन्तर्राष्ट्रियमा कुशलको पहिलो शतक हो।
उनको शतकमा खराब सुरूवात गरेको नेपाली टोली लयमा फर्किएको छ । शतक बनाउने क्रममा कुशलले ६४ बलमा ९ चौका र १० छक्का हाने।
आजकै खेलबाट कुशलले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक बनाउने नेपाली खेलाडिको कीर्तिमान बनाएका छन्।
कुशलको विकेटपछि सन्दीप लामिछाने क्रिजमा आएका छन्।
खेलको ४३ औं ओभर सकिँदा नेपाल ७ विकेट गुमाएर २४४ रन बनाउँदै खेलिरहेको छ।