इन्डियन प्रिमियर लिग –आइपिएल) मा दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको।
जारी सिजनमा आफ्नो छैटौं खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै दिल्लीले पहिलो जितको अनुभव बटुलेको हो।
दिल्लीले जारी सिजनको पहिलो खेल १ अप्रिलमा लखनऊ सुपर जाइन्ट्ससँग खेलेको थियो। हालसम्म गुजरात, राजस्थान, मुम्बई र बैंग्लोरसँग खेलिसकेको दिल्ली लगातार पराजित हुँदै आएको थियो।
गएराती घरेलु मैदानमा दिल्लीले कोलकातालाई ४ विकेटले पराजित गर्दै पहिलो जित हासिल गरेको हो।
कोलकाताले दिएको १२८ रनको लक्ष्य दिल्लीले १९.२ ओभर खेल्दै ६ विकेटको गुमाउँदै पूरा गरेको थियो।
दिल्लीका लागि कप्तान तथा ओपनर डेभिड वार्नरले अर्धशतक हाने। उनले ४१ बलमा ११ चौका प्रहार गर्दै ५७ रन बनाए।
मनिस पाण्डेले २३ बलमा २ चौका प्रहार गरी २१ रन बनाए । अक्षर पटेल र पृथ्वी शको क्रमश १९ र १३ रनको योगदान रह्यो।
बलिङतर्फ कोलकाताका वरूण चक्रवर्ती, अनुकुल रोय र नितिश रानाले दुई–दुई विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा १२७ रन बनाएको थियो।
कोलकाताका लागि ओपनर जेसन रोयले सर्वाधिक ४३ रन बनाए। उनले ३९ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
आन्द्रे रसेलले ३१ बलमा १ चौका र ४ छक्का प्रहार गर्दैै नटआउट ३८ रन बनाए। मन्दीप सिंहले १२ रनको योगदान रह्यो।
बलिङतर्फ दिल्लीका इशान्त शर्मा, एनरिच नोर्त्जे, अक्षर पटेल र कुलदीप यादवले दुईदुई विकेट लिए भने मुकेश कुमारले एक विकेट लिए।