इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ।
गएराती राजीव गान्धी इन्टरनेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली १४ रनले पराजित भएको हो।
१९३ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.५ ओभरमा अल आउट हुँदै १७८ रन मात्रै बनाउन सक्यो।
हैदरावादका लागि ओपनर मयंक अग्रवालले सर्वाधिक ४८ रन बनाए।
उनले ४१ बलमा ४ चौका र १ छक्का हाने। त्यस्तै हेनरिक क्लासेनले १६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३६ रन बनाए।
कप्तान एडेन मारक्रमले १७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २२ रनको योगदान गरे। अन्य ब्याट्समेनहरूको प्रदर्शन सुखद रहेन।
बलिङतर्फ मुम्बइका लागि जेसन बेरेन्ड्रफ, रिले मेरेडिथ र पियुस चावलाले समान तीन–तीन विकेट लिए भने अर्जुन तेन्डुलकर र क्यामरून ग्रीनले एकएक विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ५ विकेट गुमाउँदै १९२ रन बनाएको थियो।
मुम्बईका लागि क्यामरून ग्रीनले सर्वाधिक ६४ रन बनाए। उनले ३१ बलमा ३ चौका र २ छक्का प्रहार गरे। त्यस्तै इशान किशानले ३१ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३८ रन बनाए।
तिलक वर्मा र कप्तान रोहित शर्माको क्रमशः ३७ र २८ रनको योगदान रह्यो। त्यस्तै टिम डेभिडले १६ रन बनाए। बलिङतर्फ माक्रो जनसेनले दुई विकेट लिँदा भुवनेश्वर कुमार र नटराजनले एकएक विकेट लिए।
लगतार तेस्रो जिसँगै मुम्बई अंक तालिकाको छैटौं नम्बरमा उक्लिएको छ भने हैदरावाद नवौं नम्बरमा झरेको छ।