एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपालका भीम सार्कीले अर्धसतक बनाएका छन्। उनले ७५ बलमा ५० रन बनाएका छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जवाफी ब्याटिङ गरेको नेपालले २८.२ ओभरको खेल चलिरहँदा ३ विकेटको क्षतिमा १६६ रन बनाएको छ।
अहिले क्रिजमा भीम सार्की र कुशल मल्ल छन्।
यसअघि नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४२ र ओपनर कुशल भुर्तेलले ३८ रन जोडेका थिए।
नेपाललाई जितका लागि २३६ रन आवश्यक छ।