एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ। ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका छन्।
भुर्तेलले ३१ बलमा चार चौका र दुई छक्काको मद्दतमा ३८ रन बनाएका हुन्।
मलेसियाका लागि रिजवान हेडरले दोस्रो विकेट लिएका हुन्।
यसअघि नेपालले पहिलो ओभरमै अर्का ओपनर आसिफ शेखलाई गुमाएको थियो। आशिफ ३ बलमा १ रन बनाउँदै पेबेलियन फर्किएका थिए।
जवाफी ब्याटिङ गरेको नेपालले जितका लागि २३६ रनको लक्ष्य पाएको छ। अहिले क्रिजमा भीम सार्की र कप्तान रोहितकुमार पौडेल छन्।
सार्की ७ रन बनाएर र पौडेल ८ रन बनाएर खेलिरहेका छन्।