इन्डियन प्रिमियर लिग (आइपिएल) को आफ्नो पहिलो सिजनमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएसँगै पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका छन्।
बुधबार केडिया अर्गनाइजेशनको यती कार्पेटले आयोजना गरेको सम्मान कार्यक्रममा उनी देखा परेका हुन्।
सन्दीपलाई यती कार्पेटले नगद १ लाखसहित सम्मान गरेको छ।
डिएभी स्कूलमा आयोजित कार्यक्रममा सहभागी सन्दीपले स्कूलका विद्यार्थीसँगै नाचेका थिए भने आफूलाई मन पर्ने गीत ‘तिमीलाई देखेर हिमाल हाँसेको’ बोलको गीत गाएका थिए।
उक्त कार्यक्रममा बोल्दै सन्दीपले विद्यार्थीहरूलाई पढाइका साथसाथै आफुलाई मनपर्ने क्रियाकलापमा पनि निरन्तरता दिन सुझाव दिएका थिए।
हेर्नुहोस् तस्बिरमा र भिडियो:
https://www.youtube.com/watch?v=XIn-IiY1z64






सबै तस्बिरहरू : निशा भण्डारी/सेतोपाटी