पुछारमा रहेको राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो स्थानमा रहेको किङ्स ११ पञ्जाबलाई हराएको छ।
मंगलबार जयपुरमा भएको खेलमा राजस्तानले पञ्जाबलाई १५ रनले हराउँदै अंकतालिकाको छैठौं स्थानमा उक्लिएको छ।
१ सय ५९ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४३ रनमात्र जोड्न सक्यो। टोलीका लागि लोकेश राहुलबाहेक कुनै पनि ब्याट्सम्यानले उच्च प्रदर्शन गर्न सकेनन् ।
७० बल खेलेका राहुलले ११ चौका र २ छक्काका सात ९५ रन बनाए। मार्केस स्टुनिसले ११ रन जोडे भने बाँकी कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। पञ्जावका ओपनर क्रिश गेल पहिलो बलमा शून्यमा आउट भए।
राजस्थानका कृष्नप्पा गोथमले २, जोफ्रा आर्चेर, जयदेश उन्ड्कट, बेन स्कोक्स र इश सोढीले समान १-१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो। उसका लागि जोस बट्लरको अर्धशतक बनाएका थिए। बट्लरले ५८ बलमा ९ चौका र १ छक्कासहित ८२ रनको महत्वपूर्ण योगदान गरेका थिए ।
यस्तै सञ्जु सामसनले २२, बेन स्टोक्सले १४ र स्टुआर्ट बिन्नीले ११ रन जोडे भने बाँकी हुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पञ्जाबका एन्ड्रीयू टाईले ४ तथा मुबि उर रहमानले २ र मार्कुस स्टोनिसले १ विकेट लिएका थिए।
यो सँगै आईपिएलमा सहभागी सबै टिमले १० खेल खेलिसक्दा ८ जितसहित १६ अंक पाएको सनराइज हैदारावाद शीर्ष स्थानमा कायमै छ। यस्तै ७ जितसहित १४ अंक भएको चेन्नई सुपर किङ्स दोस्रो तथा १२ अंक भएको पञ्जाव तेस्रो स्थानमा छन्।
आइपिएलमा बुधबार पाँचौ स्थानम रहेको मुम्बई इन्डियन्सले चौथो स्थानमा रहेको कोलकाता नाइट राइजर्सको सामना गर्नेछ। लगभग प्लेअफबाट बाहिरिएको मुम्बईका लागि यो जित महत्वपूर्ण हुनेछ।