आइसीसी महिला टि–२० विश्वकपका लागि एशियाली छनोट अन्तर्गतको आफ्नो पहिलो खेल वर्षाले प्रभावित बनेपछि नेपालले थाइल्याण्डसँग अंक बाँडेको छ।
घरेलु टोली थाइल्याण्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा १० रन बनाउँदा वर्षाका कारण खेल रोकियो। त्यसपछि खेल हुन सकेन र दुवै टोलीले एक–एक अंक बाँडे।
बैंककको टेर्डथाई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन जोडेको थियो। उसका लागि चाइवाईले सर्वाधिक २३ रन बनाइन्। त्यस्तै, चानथमले १८ रन टिमको खातामा जोडिन्।
बलिङतर्फ नेपालका लागि सरिता मगरले २ तथा कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिएका थिए।
प्रतियोगिता अन्तर्गत नेपालले भोलि मंगलबार हङकङसँग खेल्नेछ।