थाइल्याण्डमा हुने महिला विश्व टि–२० क्वालिफायर्सका लागि नेपाली टिमको घोषणा भएको छ।
थाइल्याण्डमा नाभेम्बर २० देखि २७ तारिखसम्म हुने प्रतियोगिताका लागि आज क्यानले १४ खेलाडीको अन्तिम नामावली सार्वजनिक गरेको हो। आइसीसी प्रतिनिधी अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र महिला टिमका प्रशिक्षक सामसनजंग थापा तथा कप्तान रुविना क्षेत्रीको संलग्नतामा भएको छनोटमा सिताराना मगरलाई उपकप्तान दिइएको छ।
नेपाली महिला क्रिकेट टिम एक साताका लागि बंगलादेशमा अभ्यासका लागि जानेछ। यस टिममा अधिकांश पुराना खेलाडीको बाहुल्यता रहेको छ। पछिल्लो दुई सातादेखि नेपाली महिला टिम यो प्रतियोगिताका लागि तयारीमा रहेको थियो। नेपालले प्रतियोगितामा चीन, यूएई, हङकङ, थाइल्याण्ड, मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले पहिलो खेल १९ नोभम्बरमा घरेलु टिम थाइल्याण्ड विरुद्ध खेल्नेछ तथा दोस्रो खेलमा नेपालको भिडन्त चिरपरिचित टिम हङकङसँग हुनेछ।
को /को परे टिममा?रुविना क्षेत्री– कप्तान
सिता रानामगर– उपकप्तान
ज्वती पाण्डे
सरिता मगर
नेरी थापा
रोमा थापा
इन्दु बर्मा
करुण भण्डारी
सोनु खडका
लक्ष्मी चौधरी
रितु कानोउजिया
सबनम राई
काजल श्रेष्ठ
संगिता राई
वैकल्पिक खेलाडीकविता कुँवर
नितु भण्डारी
रेखा रावल