एसीसी अण्डर नाइन्टिन यूथ एशिया कपको तयारीका क्रममा बंगलादेश भ्रमणमा रहेको नेपाली युवा टिम बंगलादेशको अन्डर नाइन्टिन टिमलाई एक सय ५४ रनको लक्ष्य दिएको छ।
बंगलादेशस्थित साभारमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टिमले ५० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५३ रन बनायो। दुई रन हुँदा पहिलो विकेट गुमाएको नेपालले ६४ रन बनाउँदा चार विकेट खेर फालेको थियो। नेपाली टिमका मिडिल अडरका खेलाडीले खासै राम्रो खेल्न नसक्दा एक सय १३ रनमा ६ विकेट गुमायो।
नेपालका लागि आशिफ शेखले ३२ रन तथा भीम सार्कीले २८ र पवन सराफले १९ रन बनाए। यस्तै अनिल कुमार शाहले १८ तथा कमलसिंह ऐरीले १७ र कप्तान दिपेन्द्रसिंह ऐरीले १६ रन बनाए। बलिङतर्फ बंगलादेशका हसन महमुद र काजी अनिक स्लामले तीन तीन विकेट लिए।
अहिले बङ्ग्लादेश जवाफी ब्याटिङमा उत्रिरहेको छ।