मलेसियामा आगामी कात्तिक २३ देखि हुने एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र भारत एउटै समूहमा परेका छन्।
एसियन क्रिकेट काउन्सिल (एसिसी) ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह 'ए' मा परेको हो। नेपालकै समूहमा भारत, बंगलादेश र आयोजक मलेसिया छन्।
यस्तै समूह 'बी' मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र एसिसी पश्चिम क्षेत्र च्याम्पियनसिपको विजेताले प्रतिस्पर्धा गर्नेछन्। एसिसी पश्चिम क्षेत्र च्याम्पियनसिप अहिले मलेसियामै भइरहेको छ।
नेपालले पहिलो खेल बंगलादेशसँग कात्तिक २५ गते खेल्नेछ। नेपालको दोस्रो खेल भारतसँग कात्तिक २६ गते र तेस्रो खेल मलेसियासँग कात्तिक २७ गते खेल्नेछ।
तयारीका लागि अहिले नेपाली टिम बंगलादेशमा अभ्यास गरिरहेको छ।
गत महिना मलेसियामा भएको प्रतियोगिताको फाइनलमा हङकङलाई ५ विकेटले पराजित गरेर नेपाली टिम च्याम्पियन बनेको थियो। उपाधिसँगै नेपाल यू–१९ एसिया कपमा छनोट भएको हो।
नेपाली टोलीदीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, सहाब अलाम, किशोर महतो, प्रकाश केसी, कमलसिंह ऐरी, भीम सार्की, रसिद खान, जितेन्द्र सिंह
वैकल्पिक खेलाडी– सन्दीप जोरा, विक्रमकुमार भुसाल, अंकित सुवेदी, विजय चौधरी।
प्रशिक्षक – विनोदकुमार दास