टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कपको छनोट प्रतियोगितामा बैशाख अन्तिम साता हुने भएको छ । आयोजक टर्किस एयरलाइन्सले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख २९ गते हुने जानकारी गराएको हो ।
गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगितामा महिला र पुरुषगरी १०० एमेच्योर गल्फरले भाग लिने छन् । प्रतियोगिताको लागि रोयल नेपाल गल्फ क्लबबाट १० खेलाडी छनोट हुनेछन् भने धरान र पोखराबाट समान २ – २ खेलाडीले सहभागिता जनाउने छन् । स्टेबलफोर्ड पद्धतिमा ३ र ४ ह्यान्डीक्यापमा हुने प्रतियोगिता १८ होलमा हुनेछ ।
प्रतियोगिताको विजेताले टर्कीको अन्टालयमा हुने टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कपमा सहभागिता जनाउन पाउने छन् । टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कप आगामी नोभेम्बरमा हुने छ ।
यस्तै उपविजेता, महिला, सिनियर, जुनियरतर्फ विजेता, क्लोजेस्ट टु द पिन, लङगेस्ट ड्राइभ, सर्वाधिक बर्डीलगायतले ट्रफी तथा गिफ्ट ह्याम्पर पुरस्कार पाउने छन् ।
टर्किस एयरलाइन्सले आयोजना गरेको यो छैठौ गल्फ प्रतियोगिता हो