नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक महिला खेलाडीलाई डेंगी संक्रमण भएको छ।
गण्डकी प्रदेशबाट महिला हक्की प्रतियोगितामा सहभागी रहेका साहारा खतिवडालााई डेंगी संक्रमण भएको हो।
शुक्रबार बेलुकीबाट अत्याधिक ज्वरोले च्यापेपछि गण्डकी मेडिकल कलेजमा चेकजाँच गर्दा उनलाई डेंगी पोजेटिभ देखिएको टिमका कोच राजन नेपालीले बताए।
उनका अनुसार डेंगी पोजेटिभ देखिएपछि अरु खेलाडीमा सर्न सक्ने सम्भावना भएकोले उनी टिमबाट अलग भएर कास्की घरमा आराम गरिरहेकी छिन्।
यस अगाडीको खेलमा उनी सम्मलित टिम गण्डकी प्रदेशले झापा र लुम्विनीलाई हराउदै दुई खेल जितेको छ। अव छिट्टै सन्चो भएर पुनःखेलमा फर्किने संक्रमित खतिवडाले बताईन् ।