दुई दिनदेखि परेको लगातार वर्षाका कारण झापामा ४ जनाको ज्यान गइसकेको छ भने ११ जना बेपत्ता भएका छन्।
मृत्यु हुनेमा झापा झापा गाउँपालिका–२, बालुवाटार बस्ने ३५ वर्षीया धनमाया घोरासैनी, कमला दर्लामी, यस्तै झापा जिलझिलेका विवेक पाण्डे, चनाकवलका राम राजबंशीको चार जनाको परिवार छन्।
यस्तै झापा गापाकै कमला गोश्वामी, कालीप्रसाद राजबंशीका४ जनाको परिवार घरसहित बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार
घोरासैनीको माइखोलामा आएको बाढीले बगाएर मृत्यु भएको हो भने पाण्डेको झिलझिले खोलाले बगाएर मृत्यु भएको हो।
माइखोलाले बगाएर घोरासैनीकी १५ वर्षीया छोरी कमला भने बेपत्ता छिन् ।
अहिले नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, रेडक्रस, स्थानीयबासिन्दाहरू उद्धारमा खटिएका छन् ।
विगत केही दिनदेखिको अविरल बर्षाका कारण झापाका सयौं घर डुबानमा परेका छन्। अहिलेसम्म २२४९ घर विस्थापित भएका छन्।
झापाका मुख्य नदीहरु रतुवा, माइ, विरिंग, हँडिया, निन्दा तथा मेचीमा पानीको बहाव बढेका कारण झापाका धेरै भाग डुबानमा परेका हुन् ।
झापामा अहिलेसम्मकै सर्वाधिक ठूलो वर्षा भएको जल तथा मौसम विज्ञान विभाग झापाले जनाएको छ। आज बिहानको मापन अनुसार झापामा ३७६.५ मिलिलीमिटर वर्षा भएको छ। यो वि.सं. २०६२ साल भदौ ४ गतेको सबैभन्दा ठूलो २७७.८६ मिलिलिटरभन्दा ठूलो हो।
वर्षाले झापाका अधिकांश स्थानमा सडक भत्किएका छन् । वर्षाकै कारण महेन्द्र राजमार्गका ठाउँ ठाउँमा अवरोध भएको छ। झापाका ११ स्थानीय तह जलमग्न भएका छन्।
सिबसताक्षी नपा, पार्वती गापा, कन्काई नपा, भद्रपुर नपा, केचनाकल र झापा सबैभन्दा बढी प्रभावित भएको स्थान हो।