अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोट रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्णबहादुर शाहीविरूद्ध भष्टाचार मुद्दा दर्ता गरेको छ।
भेरी नगरपालिका वडा नम्बर १० स्थित रहेको सामुदायिक वनका तत्कालीन अध्यक्ष कर्णविरूद्ध ६ लाख ३६ हजार ४७ रूपैयाँ हिनामिना गरेको भन्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
उनले २०७८ चैत २० गतेका दिन वन उपभोक्ता समूहको नेपाल बैंक लिमिटेड शाखा जाजरकोटबाट ७ लाख रूपैयाँ झिक्न लगाएका थिए। त्यसमध्ये ६३ हजार ९५३ रूपैयाँ कानुनी प्रावधान अनुसार खर्च गरे।
बाँकी रकम अध्यक्ष शाहीले कृषि विकास बैंक लिमिटेडको १४ वटा शाखाबाट नक्कसी भौचर बनाएर खर्च विवरण पेस गरेको देखिएपछि मुद्दा चलाइएको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
उनका अनुसार अध्यक्षशाहीले नक्कली बिल तयार पारी सामुदायिक वन उपभोक्तामाबाट गैरकानुनी लाभ लिएको देखियो। उनले हिनामिना गरेवापतको रकम कसूर बिगो कायम गरी कारवाहीको माग गरिएको छ।
त्यस्तै, सार्वजनिक संस्था बैंकले नक्कली विल भरपाइ तयार पारेको, किर्ते छाप दस्तखत गरी गलत लिखित तयार पारेको हुँदा उनीहरूमाथि समेत कानुनी कारवाहीको माग गरिएको उनले बताए।